तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थपियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थपियो

तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद साउन ११ गतेसम्म थपिएको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुन्छ।

हकप्रद सेयरका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरूले नबिल बैंकको छत्तर, म्याङलुङ, फेदाप संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, अन्य आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन गर्न सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि ८० करोड रुपैयाँ पुग्नेछ। यस निष्काशनबाट उठेको रकम कम्पनीले तीन बैंकमा रहेको कुल ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्नेछ। जसअनुसार माछापुच्छ्रे बैंकलाई १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकलाई क्रमशः १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स