दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको आईपीओको बाँडफाँड आज (साउन २९) सम्पन्न भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता सेयर वितरण गरिसकेको छ।
सर्वसाधारणका लागि निष्काशन गरिने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरिएको थियो। बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयरका लागि आम सर्वसाधारणले आवेदन दिएका थिए।
कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जना लगानीकर्ताले १०–१० कित्ता सेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जना लगानीकर्ताले भने १–१ कित्ता थप पाई कुल ११ कित्ता सेयर हात पारेका छन्।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ७२ हजार ९२६ जनाबाट कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ता सेयरका लागि आवेदन परेको थियो। यो आवेदन संख्या कम्पनीले निष्काशन गरेको परिमाणभन्दा करिब साढे ११ गुणा बढी हो।
आवेदन दिनेमध्ये २१ लाख ३० हजारभन्दा बढी लगानीकर्ताले कुनै पनि सेयर पाउन सकेनन्।
कसरी हेर्ने आईपीओको नतिजा ?
दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओको नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1. लक्ष्मी सनराइज क्यापिटल – || LS Capital Limited
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3. मेरो सेयर एकाउन्ट बाट –https://meroshare.cdsc.com.np/
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।


प्रतिकृया