दरम खोला हाइड्रो इनर्जीले प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ३८.३३० प्रतिशत आइपीओ निष्काशनका लागि जेठ २० गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ३८.३३० प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको कूल ३९ लाख ५० हजार कित्ता सर्वसाधारणमा निष्काशन गर्नेछ ।
आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३८.३३० प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता जारी गर्नेछ भने बाँकी ६१.६७ प्रतिशत संस्थापक समूहको हुनेछ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया