“भ्रष्ट कर्मचारीतन्त्र रहेसम्म जस्तोसुकै व्यवस्था आए पनि देश अघि बढ्न सक्दैन” भन्ने यथार्थ फेरि प्रमाणित भएको छ। जनआन्दोलनमा कयौ जेनजी युवाले ज्यान गुमाएका, हजारौँ घाइते भएका र पुराना दलको सत्ता गुमेपछि देश चुनावतर्फ उन्मुख भइरहे पनि घुसखोरी रोकिएको छैन। यसैबीच दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट उनलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले गाउँपालिकामा सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेका थिए।
सूचना र उजुरीको आधारमा अख्तियारले स्टिङ अपरेसन चलाएको थियो। कार्की सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा परेका हुन्। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया