कच्चा तेलको मूल्य फटाफट ओरालो, एक सातामै १०% घटेर २०२१ यताकै सबैभन्दा तल्लो दरमा

कच्चा तेलको मूल्य फटाफट ओरालो, एक सातामै १०% घटेर २०२१ यताकै सबैभन्दा तल्लो दरमा
Advertisement Ads

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। शुक्रबार मात्र ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ६५.६ डलरमा झरेको छ, जुन सन् २०२१ को अगस्ट यताकै सबैभन्दा न्यून मूल्य हो। 

बिहिबार ६.४ प्रतिशतले घटेको तेलको मूल्यले साप्ताहिक रूपमा करिब १० प्रतिशतले घटिसकेको छ ।

तेलको मूल्य घट्नुमा विश्वव्यापी आर्थिक मन्दीको डर, कमजोर माग, र अमेरिका–चीनबीचको चर्किँदो व्यापार युद्ध मुख्य कारण हुन्। चीनले आगामी अप्रिल १० देखि अमेरिकी सामानमा ३४ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेपछि लगानीकर्ताको मनोबल झनै कमजोर भएको छ।

यसका साथै, ओपेक प्लस (OPEC+) समूहले मे महिनादेखि दैनिक ४ लाख ११ हजार ब्यारेल उत्पादन बढाउने निर्णय गरेपछि आपूर्ति पक्षमा थप दबाब परेको छ। ऊर्जा उत्पादनमा अमेरिकाले केही छुटहरू दिइए पनि व्यापारिक अस्थिरताले समग्र बजारलाई दबाबमा ल्याएको छ।

ब्रेन्ट क्रुड मात्र नभई, अमेरिकी कच्चा तेल ‘वेस्ट टेक्सास इन्टरमिडियट’ को मूल्य पनि ७.३५ प्रतिशत घटेर ६२.०३ डलरमा झरेको छ।

co1 com https://bajarkochirfar.com/crude-oil-prices-are-falling-rapidly-brent-crude-at-its-lowest-rate-since-2021 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स