जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा. आरजु राणालाई गाली बेइज्जती गरेको आरोपमा सांसद डा. अमरेशकुमार सिंहविरुद्ध दायर मुद्दासम्बन्धी अडियो–भिडियो अदालतमा पेश गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो।
यसअघि अदालतले सिंहले गाली बेइज्जती गरेको भनिएको अडियो र भिडियो एकपटक सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएको थियो, जुन स्पष्टिकरण सिंहले अदालतमा बुझाइसकेका छन्।
स्पष्टिकरण बुझिएपछि न्यायाधीश वाग्लेले सम्बन्धित अडियो–भिडियो प्रमाण अदालतमा पेश गर्न निर्देशन दिँदै त्यसको सुनुवाइपछि थप निर्णय गरिने बताएका छन्।
डा. आरजु राणाले फागुन १५ गते सांसद अमरेशकुमार सिंहविरुद्ध गाली बेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेकी थिइन्।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया