नेप्से परिसूचक २५.१६ अङ्कले घटेर २८२१.१३ मा बन्द भएको छ। १३ उपसमूह १ उपसमूह बाहेक सबै उपसमूह घटेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएको आज १० अर्ब ९७ करोडको कारोबार पुगेको छ । यस दिन ३०८ कम्पनीका २ करोड ३३ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ। तीन दिनदेखि बजार कुल ६९ अंकले ओरालों लागेको छ ।
नेप्से २५.१६ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २५.१६ अङ्कले घट्दा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, समाज लघुवित्त, उन्नति सहकार्य लघुवित्त, माउन्टेन हाइड्रो नेपाल र गुराँस लघुवित्त रहेको छ।

नेप्से २५.१६ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २५.१६ अङ्कले घट्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना हाइड्रोपावर र न्यदि रहेको छ।


प्रतिकृया