नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा अघि आउने दाबी गरेका छन्। पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विशेष महाधिवेशनपछि कांग्रेस नयाँ दृष्टिकोण र नवीनता लिएर आएको बताए। उनले भने, “यदि नागरिक नयाँ खोजिरहेका छन् भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ। नागरिक परिवर्तन खोजिरहेका छन् भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन लिएर आएको कांग्रेस छ। जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ।”
शर्माले बाहिरका हल्ला-गप्पामा कांग्रेसमा विश्वास नगर्नेलाई चुनौती दिँदै पार्टी सभापति गगन थापाले प्रधानमन्त्री बन्ने लक्षित राष्ट्रव्यापी मुभमेन्ट अघि बढाएको बताए। उनले थपे, “अहिले प्रधानमन्त्री पदको लागि जसको व्यक्तित्व, भिजन, बौद्धिकता र मुभमेन्टले समाजमा सबैभन्दा बढी प्रभाव पारिरहेको छ भने त्यो गगन थापाको नेतृत्वमा कांग्रेसको राष्ट्रव्यापी मुभमेन्ट हो।” उनले कांग्रेसमा विगतमा पार्टी छाडेका सदस्यहरू फर्किने क्रम पनि बढिरहेको उल्लेख गरे।




















प्रतिकृया