instainsta

सानेपामा कांग्रेसले १३ करोडमा १९ आना जग्गा र तीनतले भवन किन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
सानेपामा कांग्रेसले १३ करोडमा १९ आना जग्गा र तीनतले भवन किन्दै
AdvertisementAds

सत्तारुढ नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना जग्गासहित तीनतले घर खरिद गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, ललितपुरको सानेपामा रहेको वर्तमान कार्यालय परिसरलाई अझ व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले कार्यालय अगाडिपट्टीको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा बनेको तीनतले भवन किन्न लागिएको हो

कांग्रेसले उक्त जग्गा र भवन अमिरमान अमात्यबाट खरिद गर्ने तयारी गरेको हो। बुधबार पार्टीले एक वर्षभित्र जग्गा पास गर्ने सर्तसहित अमात्यलाई ५० लाख रुपैयाँ बैना दिइसकेको छ। यस सम्बन्धमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा घरधनीसँग औपचारिक सम्झौता भएको छ।

पार्टीले उक्त खरिदका लागि आवश्यक पर्ने १३ करोड रुपैयाँ पार्टीका विभिन्न तहबाट संकलित लेभी तथा शुभेच्छुकहरूको सहयोगबाट जुटाइने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स