अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा व्यावसायिक एलपीजी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ।
सरकारले १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा औसत ९९३ भारतीय रुपैयाँले वृद्धि गरेपछि अब दिल्लीमा एउटै सिलिन्डरको मूल्य ३,०७१.५० पुगेको छ।
युद्धका कारण इन्धनको लागत बढे पनि सर्वसाधारणलाई राहत दिन घरायसी प्रयोगको ग्यास, पेट्रोल र डिजेलको मूल्य भने हाललाई यथावत राखिएको छ। व्यावसायिक ग्यासको मूल्य यसरी अचाक्ली बढ्दा विशेषगरी होटल, रेस्टुरेन्ट र साना खाजा पसलहरूलाई ठुलो मर्का पर्ने देखिएको छ।
इन्धन खर्च बढेका कारण रेस्टुरेन्टहरूले अब खानाको मूल्य बढाउन सक्ने हुनाले बाहिर गएर खानु वा खाना अर्डर गर्नु पहिलेभन्दा महँगो हुने सम्भावना रहेको भारतीय संचारमध्यमले जनाएका छन् । तेल कम्पनीहरूले कच्चा तेल महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा दैनिक अर्बौँ रुपैयाँ घाटा भइरहेको बताएका छन्, जसका कारण व्यावसायिक क्षेत्रमा मूल्य बढाउनु परेको बताइएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया