सेयर बजारमा कमब्याक: नेप्सेले पुनः छोयो २७००को बिन्दु

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
सेयर बजारमा कमब्याक: नेप्सेले पुनः छोयो २७००को बिन्दु
AdvertisementAds
अघिल्लो दिन ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा बन्द भएको नेप्से सूचक बुधबार प्रि ओपन सेसनमा हरियाली हुदैँ १५.१८ अंकले उकालो लागेर २६८१.८० बिन्दुमा पुगेको थियो। प्रि ओपन सेसनमा ६९ कम्पनीको १५ लाख ९९ हजार ९५७ रुपैयाँ बराबरको कारोबारमा  २,२९९ कित्ता सेयर किनबेच भएको थियो, जसमा ३८ कम्पनीको मूल्य बढेको, २९ कम्पनीको मूल्य घटेको, र २ कम्पनीको मूल्य स्थिर रहेको थियो।

यस साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ बजेर ४३ मिनेटमा २७०० को बिन्दुमा पुगेको हो। समाचार तयार पार्दासम्म, ८९ करोड १५ लाख रुपैयाँको कारोबारमा १६ लाख २२ हजार कित्ता सेयर किनबेच भइसकेको छ। यस दिन म्युचुअल फन्ड बाहेक सबै उपसमूहमा वृद्धि देखिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स