आज नेप्से परिसूचक ११.६६ अङ्कले बढेर २७५५.४० मा बन्द भएको छ। संयोगको खेलझैँ, ११ गतेको दिन ११ अर्बभन्दा बढीको कारोबार भयो। आज १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ११ अर्ब ५४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३२८ कम्पनीको २ करोड १२ लाख सेयर कारोबार भएको छ।
नेप्से ११.६६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ११.६६ अङ्कले बढ्दा ९१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रोपावर, बोटलर्स नेपाल(बालाजु), नेपाल री इन्स्योरेन्स र विन नेपाल लघुवित्त रहेको छ।

नेप्से ११.६६ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ११.६६ अङ्कले बढ्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: रिलायिन्स फाइनान्स, उपकार लघुवित्त, पिपुल्स हाइड्रोपावर, अपर हेवा हाइड्रोपावर र इस्टर्न हाइड्रोपावर रहेको छ।


प्रतिकृया