आज पनि देशभर बदली, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
आज पनि देशभर बदली, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
AdvertisementAds

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान आसपास र पश्चिम भूभागमा सरदरभन्दा केही उत्तरतर्फ सरेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। हिमाली भूभागका थोरै स्थानमा भने मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ। रातिको समयमा कोशी प्रदेशका पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

हाल बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स