राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि परिणाम सार्वजनिक गरिएको हो।
बोर्डको वार्षिक क्यालेन्डरअनुसार कक्षा १२ को नतिजा १५ साउनभित्र सार्वजनिक हुनुपर्ने थियो। तर गत २० चैतदेखि सुरु भएको र २९ दिन लामो शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डका अनुसार यस वर्षको नतिजा वेबसाइट, एसएमएस, आईभीआर र यूएसएसडी सेवा मार्फत थाहा पाउन सकिन्छ।
वेबसाइटमार्फत
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: result.neb.gov.np वा neb.gov.np
नेपाल टेलिकमको वेबसाइट: https://neb.ntc.net.np
एसएमएस सेवा
मोबाइलमा
NEB Symbol No.टाइप गरी नेपाल टेलिकमको १६०० नम्बरमा पठाउनुस्।
आईभीआर सेवा
नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी निर्देशानुसार जानकारी लिन सकिन्छ।
यूएसएसडी सेवा
मोबाइलमा *१६०१# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा हेर्न सकिन्छ।









![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया