शिक्षक आन्दोलनले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु



Advertisement
Ads

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही आइतबार बिहान ८ बजेबाट देशभर सुरु हुने जानकारी दिएको छ। परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ र तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ। देशभर १,५९० र जापानमा १ गरी कुल १,५९१ परीक्षा केन्द्र तोकिएको छ, सबैभन्दा धेरै काठमाडौँमा १६२ केन्द्र छन्।

परीक्षामा नियमित र आंशिकतर्फ गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन्। काठमाडौँबाट सबैभन्दा धेरै ६८,१३३ र मनाङबाट सबैभन्दा कम ४५ परीक्षार्थी सहभागी हुनेछन्। अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष व्यवस्था मिलाइएको छ भने कारागार र बाल सुधारगृहका विद्यार्थीहरूलाई पनि परीक्षा दिने सुविधा दिइएको छ।


Advertisement

यो पनि पढ्नुहोस्: कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले बोर्डलाई दिए निर्देशन | BAJARKO CHIRFAR

सुरक्षा र मर्यादाका लागि केन्द्रमा २० हजार सुरक्षाकर्मी र हजारौं कर्मचारी खटाइने छन्। परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन लैजान अनुमति छैन, र परीक्षार्थीले फोन, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक उपकरण ल्याउन पाउँदैनन्। परीक्षा अनुशासन पालना नगरेमा जिम्मेवार पदाधिकारीहरूलाई तत्काल परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर