सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ। हकप्रद निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब हकप्रद सेयर निष्काशनको सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। सोही प्रस्तावअनुसार कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।