insta insta

सर्वसाधारणका लागि सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै पाइने

सर्वसाधारणका लागि सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै पाइने
Advertisement Ads

सिटिजन्स बैंकका संस्थापक सेयरधनी रोशन श्रेष्ठ र यदुनाथ घिमिरे बैंकबाट बाहिरिन लागेका छन्। उनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन्।

बैंकका अनुसार, श्रेष्ठले २ लाख ६४ हजार ६१ कित्ता र घिमिरेले ५४ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराएका छन्। श्रेष्ठका सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने घिमिरेका सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ रहेको छ।

यी सेयरहरू सर्वसाधारण लगानीकर्ताले पनि खरिद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले आवेदन १५ दिनभित्र दिनुपर्नेछ। निवेदन बैंकको काठमाडौं, नारायणहिटी पथस्थित केन्द्रीय कार्यालय मा पेश गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Ahsan Ansari
Ahsan Ansari
6 months ago

Online आवेदन bewstha हुनुपर्छ

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स