सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९औं वार्षिक साधारण सभा आगामी मंसिर १२ गते बस्ने गरी आह्वान गरेको छ। बैंकको सञ्चालक समिति बैठकले कात्तिक १८ गते सभाको मिति तय गरेको हो।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यससँगै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीको तर्फबाट एक जना र सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट निर्देशन प्राप्त भएमा त्यसअनुसार परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरिसकेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया