सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम ५ अर्ब रुपैयाँ चुक्तापुँजीको २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ।
त्यस्तै, सभाले बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। यसअनुसार वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स लाई पुनः नियुक्तिका लागि योग्य ठहर गरिएको छ।
कम्पनीका अनुसार साधारणसभाबाट स्वतन्त्र सञ्चालक नियुक्ति, सञ्चालक समिति सदस्यको सेवा–सुविधा निर्धारण, कम्पनीबाट प्रदान गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका खर्च अनुमोदन सम्बन्धी प्रस्तावहरू पनि पारित भएका छन्।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया