नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोकिएको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रिया छिट्टै सुरु हुने बताएका छन्। बुधबार बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नेतृत्वको अभावका कारण रोकिएका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका हुन्।
उनले पुँजीबजारको सुधार र विस्तारलाई सरकारले निर्धारण गरेको नीति निर्देशनअनुसार अघि बढाइने बताए। “स्थायी नेतृत्वको अभावले गर्दा आईपीओ जारी गर्ने काम रोकिएको थियो, तर अब ती समस्या समाधान हुँदै जानेछन्,” श्रेष्ठले भने। उनले आईपीओ जारी गर्ने प्रक्रिया नियमित रहेको उल्लेख गर्दै यसलाई छिटो कार्यान्वयनमा ल्याउने जानकारी दिए।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया