सेन्ट्रल फाइनान्सले लगातार दोस्रो वर्ष लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
सेन्ट्रल फाइनान्सले लगातार दोस्रो वर्ष लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।चैत १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यसरी, यस वर्ष पनि सेयरधनीको हात खाली हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । साथै, बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स