सेन्ट्रल फाइनान्सले लगातार दोस्रो वर्ष लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।चैत १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसरी, यस वर्ष पनि सेयरधनीको हात खाली हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । साथै, बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।