सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण पश्चात प्राप्त वित्तीय विवरणअनुसार लाभांश नदिने र सो वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ।














प्रतिकृया