सेन्ट्रल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा जेठ ४ गते बोलाएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार, वैशाख २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।














प्रतिकृया