लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रा.लि.ले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’लाई नेपाली बजारमा भित्र्याउने घोषणा गरेको छ। साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मा ‘क्यारी’ ब्रान्डका दुई नयाँ इलेक्ट्रिक भ्यान—केभान १ र केभान २ सार्वजनिक गरिनेछ।
यी भ्यानहरू कमर्सियल प्रयोजनका लागि खैरो र स्कुल प्रयोजनका लागि पहेँलो रङमा उपलब्ध हुने छन्। ५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएका यी भ्यानले एक पटकको चार्जमा अधिकतम ३०० किमि रेन्ज दिने कम्पनीको दाबी छ। क्यारी ब्रान्ड चेरी कमर्सियल भेहिकल्सअन्तर्गत पर्छ, जुन विश्वसनीयता, सुरक्षा र प्रदर्शनका लागि ख्यातिप्राप्त छ।
हुन्डाई, बीएमडब्ल्यू र इसुजुजस्ता ब्रान्डसँग काम गरिसकेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय सवारी यात्रालाई नयाँ आयाम दिन ‘क्यारी’ ल्याएको हो। एलएक्सजी मोटर्सले वातावरणमैत्री र दिगो यातायात प्रणालीमा योगदान पुर्याउने उद्देश्य राखेको छ।



















प्रतिकृया