instainsta

कक्षा १२ को परीक्षा सकेका कप्तान रोहित पौडेल क्रिकेट खेल्न भोलि स्कटल्यान्ड जाँदै 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
कक्षा १२ को परीक्षा सकेका कप्तान रोहित पौडेल क्रिकेट खेल्न भोलि स्कटल्यान्ड जाँदै 
AdvertisementAds

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल कक्षा १२ को परीक्षा सकिएपछि शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन्, जहाँ नेपालले जुन २ देखि स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृङ्खला खेल्नेछ।

टोलीका अन्य सदस्य मंगलबार नै स्कटल्यान्ड गइसकेका छन्। आठ राष्ट्र सहभागी प्रतियोगिताको तालिकामा नेपाल १२ खेलमा मात्र ६ अंकसहित अन्तिम स्थानमा छ। यो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटको आधार भएकाले नेपालका लागि अत्यन्त महत्त्वपूर्ण छ। शीर्ष चार टोली विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछन् भने अन्तिम चारले प्ले–अफ खेल्नुपर्नेछ।

लिग–२ को अघिल्लो संस्करणमा नेपालले अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरी छनोट चरण पुगेको थियो। यसपटक नेपाल नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा मैदानमा उत्रिनेछ। लिग–२ पछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स