जनकपुरधाम–२५ स्थित विनयतारा क्यान्सर अस्पताललाई २५ शय्याबाट विस्तार गरी २०० शय्याको अत्याधुनिक अस्पताल बनाइने भएको छ। विनयतारा क्यान्सर ट्रष्टले २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ लगानीमा अस्पताल निर्माण गर्न लागेको हो। हाल वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरिएको छ। अस्पताल ३ बिघा १३ कठ्ठा ११.५ धुर क्षेत्रफलमा बन्नेछ, जसमा १६ प्रतिशत भवन, २५ प्रतिशत हरियाली, र २५ प्रतिशत पार्किङ क्षेत्र रहनेछ।
अस्पताल ४ तल्लाको हुनेछ भने पार्किङमा ९४ वटा चार पाङ्ग्रे, ४९ दुई पाङ्ग्रे र १० एम्बुलेन्स अट्नेछन्। अस्पतालमा क्यान्सर, जनरल मेडिसिन, कार्डियोलोजी, स्त्रीरोग, रेडियोलोजी, रेडियोथेरापी, प्याथोलोजी, आकस्मिक सेवा, फार्मेसीलगायत सेवा रहनेछन्। अमेरिकाबाट विशेषज्ञहरू आएर सेवा दिने र मेडिकल टुरिज्म प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
निर्माण कार्य ३६ महिनामा सम्पन्न हुनेछ। यस अवधिमा २ लाख ८० हजारभन्दा बढीले रोजगारी पाउने छन् भने सञ्चालनपश्चात ३०६ जना स्थायी रूपमा खटिनेछन्। स्थानीय जनशक्तिलाई प्राथमिकता दिइनेछ।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया