क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईलाई क्यानले बिदाइ गर्यो

क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईलाई क्यानले बिदाइ गर्यो

नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले निरन्तरता नदिने निर्णय गरेको छ। क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै उनको २ वर्षे सम्झौता फेब्रुअरीबाट समाप्त भएकोसँगै नवीकरण नगर्ने जानकारी दिएको हो। क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ।

मोन्टी देसाईको कार्यकालमा नेपालले ओडिआई मान्यता जोगाउन सफल भएको साथै ओडिआई विश्व कपको छनोट खेल्नको अवसर पाएको थियो। उनकाे नेतृत्वमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो, जहाँ नेपालले भारत र पाकिस्तान जस्ता शक्तिशाली टोलीसँग प्रतिस्पर्धा गर्ने मौका प्राप्त गरेको थियो।

क्यानले मोन्टी देसाईलाई दुई वर्षअघि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनले १५ हजार डलर मासिक पारिश्रमिक र अन्य सुविधाहरू पाउँदै प्रशिक्षण दिएका थिए। उनले नेतृत्व गर्न थालेपछि नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो।

तर, पछिल्लो समयमा राष्ट्रिय टीमको प्रदर्शन सन्तोषजनक नभएको कारणले क्यानले मोन्टीको सम्झौता नवीकरण नगरी बिदाइ गर्ने निर्णय गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति मार्फत यो निर्णय सार्वजनिक गरेका छन्। क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली टीमको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद पनि दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स