बुङ्गल हाइड्रोको आइपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
बुङ्गल हाइड्रोको आइपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९) गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५% अर्थात २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्दैछ।

यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता सेयर अति र सामान्य प्रभावित क्षेत्रका बझाङ्ग जिल्लावासीलाई छुट्याइएको छ भने २ लाख ७ हजार ५०० कित्ता वैदेशिक श्रमिकहरूका लागि हो। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीयले साउन ११ देखि २६ भित्र आवेदन दिन सक्नेछन् भने वैदेशिक श्रमिकका लागि अन्तिम म्याद साउन ११ गते हो। कम्पनीलाई CARE Ratings Nepal ले ‘CARE-NP B’ रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्छ।

१०.७ मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना सञ्चालनमा रहेको यस कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो।स्थानीय बासिन्दाले आईपीओमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) बाट आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स