विपदजन्य जोखिम न्यूनीकरण र यात्रुको सुरक्षाका लागि बिपी राजमार्गमा एक महिनासम्म रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको असार १८ गते बसेको बैठकले असार २२ गते (आइतबार)देखि लागू हुनेगरी सो निर्णय गरेको हो। निर्णय अनुसार साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउन पाइने छैन।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार भारी वर्षा, पहिरो र अन्य सम्भावित विपदजन्य घटनाबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। उक्त निर्णय आगामी एक महिनासम्म लागु हुने प्रशासनले जनाएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया