संघीय संसद्को दुवै सदनको बैठक आज बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाइनेछ भने तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। साथै, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल ऐन २८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। यी विधेयकहरूमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ।
त्यस्तै, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८१ टेबुल गरिनेछ। अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ। साथै, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकहरू पनि टेबुल गरिनेछ। संसद् सचिवालयका अनुसार बैठकमा अन्य महत्वपूर्ण विधेयकहरू पनि छलफलमा आउन सक्नेछन्।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया