आजदेखि टाटा नेक्सन के-थ्रीको बुकिङ खुला, मूल्य कति?

आजदेखि टाटा नेक्सन के-थ्रीको बुकिङ खुला, मूल्य कति?

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार टाटा नेक्सन के थ्रीको बुकिङ खुलाएको छ । कम्पनीले नेक्सन के थ्री को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो।

बुकिङ गर्ने ग्राहकलाई ७.२ किलोवाटको चार्जर निःशुल्क प्रदान गरिनेछ। गाडीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९८ किलोवाट क्षमताको मोटर छ।

नेक्सन के-थ्रीमा ठूलो पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, र ३ वटा ड्राइभिङ मोड उपलब्ध छन्। साथै, कम्पनीले यसमा चार-लेभल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि प्रदान गरेको छ।

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स