नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लुम्बिनी विकास बैंकको ३ प्रतिशतका दरले हुन आउने १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।