संकर ग्रुपलाई पछि पार्दै विशाल ग्रुप बन्यो मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता



Advertisement
Ads

लामो प्रतिस्पर्धापछि विशाल ग्रुप जर्मन लक्जरी कार ब्रान्ड मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता बनेको छ।


Advertisement

बिक्रेताको अधिकारका लागि संकर ग्रुप पनि तीन वर्षदेखि दौडमा थियो। तर, संकर ग्रुपलाई पछि पार्दै विशाल ग्रुपले आधिकारिक बिक्रेता आफ्नो हातमा पारेको हो। संकर समूहले मर्सिडिजको पूर्व बिक्रेता दीपक गौतम एण्ड कम्पनीसँग सेयर खरिदको प्रयास गरे पनि मर्सिडिजले बिक्रेता अधिकार टर्मिनेट गरेपछि सम्झौता हुन सकेन। पहिले मर्सिडिज बेन्जको लागि नेपालमा दीपक गौतम एण्ड कम्पनी आधिकारिक बिक्रेता थियो।


Advertisement

तर, गाडी बिक्री वितरण प्रभावकारी नभएको र ३० करोड रुपैयाँभन्दा बढी बक्यौता देखिएपछि कम्पनीको बिक्रेता अधिकार खोसिएको थियो। हाल विशाल ग्रुपले नेपाली बजारमा मज्दा र एमजीसहित ९ वटा गाडी ब्रान्ड बिक्री गर्दै आएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर