अदालतको आदेशसँगै विशाल बजार कम्पनीकाे साधारण सभा पुनः स्थगित



Advertisement
Ads

उच्च अदालत पाटनले विशाल बजार कम्पनीलाई वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ। कम्पनीका सेयरधनी सुनिलकुमार शाक्यले साधारणसभा गर्ने निर्णयविरुद्ध अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले उक्त रिट निवेदनमा सुनुवाइ गर्दै विशाल बजार कम्पनीलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेको हो।


Advertisement

विशाल बजार कम्पनीले फागुन २८ गते ३४औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर, अदालतको आदेशपछि कम्पनीले तोकिएको मितिमा साधारणसभा गर्न पाउने छैन।

रिट निवेदक शाक्यले कम्पनीको साधारणसभा गर्ने निर्णय सेयरधनीहरूको हितविपरीत रहेको दाबी गर्दै अदालतमा रिट दायर गरेका थिए। उनले सेयरधनीहरूको लगानीको मूल्यांकन नगरी साधारणसभा सञ्चालन गर्दा लगानीकर्ताको हकहितमा प्रतिकूल असर पर्ने बताएका छन्।

अदालतले साधारणसभा शेयरधनीको हितविपरीत हुने देखिएको भन्दै अन्तिम निर्णय नहुँदासम्म रोक्न आदेश दिएको छ। साथै, कम्पनी ऐन २०६३ को दफा १३९ (४) अनुसार निवेदनको अन्तिम टुंगो नलागेसम्म साधारणसभा नगर्न निर्देशन दिइएको छ।

यससँगै, अदालतले विशाल बजार कम्पनीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

यो आदेशसँगै कम्पनीको २०७०/७१ देखि २०७६/०७७ सम्मका सात आर्थिक वर्षको ३४औँ साधारणसभा पुनः स्थगित भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर