विश्व सेयर बजारका बादशाह मानिने र धनी व्यक्तिहरूमध्ये एक, वारेन बफेटले व्यवसायिक जीवनबाट अवकाशको घोषणा गरेका छन्। शनिबार ओमाहामा आयोजित बर्कशायर ह्याथवे कम्पनीको वार्षिक साधारण सभामा ९४ वर्षीय बफेटले २०२५ को अन्त्यसम्ममा व्यवसायिक जिम्मेवारीबाट पूर्ण रूपमा अलग हुने घोषणा गरे।
६० वर्षअघि आफैंले स्थापना गरेको बर्कशायर ह्याथवेको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका बफेटले आफ्नो स्थानमा ग्रेग एबललाई सिइओ नियुक्त गर्न प्रस्ताव गरे, जसलाई साधारण सभाले पारित गरिसकेको छ।
बफेटले सभामा भने, “कम्पनीको अध्यक्ष र सिइओको रूपमा यो मेरो अन्तिम सम्बोधन हो। अब नेतृत्व नयाँ पुस्तामा सरेको छ।” साथै उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको आलोचना गर्दै भने, “व्यापार हतियार होइन, युद्ध निम्त्याउने कारण हुन सक्दैन।”
बफेटले ट्रम्पको ट्यारिफ नीतिले विश्वव्यापी अस्थिरता निम्त्याएको र बजार उथलपुथलले सधैं अवसर नल्याउने चेतावनी दिए। उनले भने, “म अहिले त्यस्ता आकर्षक लगानी देख्दिन जसलाई म बुझ्न सक्छु। त्यसैले बर्कशायर हाल ३४७.७ अर्ब डलर नगदमा बसिरहेको छ।” तर भविष्यमा अवसर आउने विश्वास उनले व्यक्त गरे।
उनले थपे, “सच्चा नेतृत्व र लगानीको परीक्षा संकटको बेला हुन्छ। सहज अवस्थामा सबैले काम गर्न सक्छन्, तर चुनौतीका बेला कुशलता देखाउनु ठूलो कुरा हो।”
(एजेन्सीहरुको सहयोगमा)












![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया