भुजुङ हाईड्रोपावर लिमिटेडले आगामी पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट रु. १०० अंकित दरमा २० करोड रुपैयाँबराबरको २० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो। जारी पूँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ, जसमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६ लाख कित्ता र सोही गाउँपालिकाका अन्य वडाहरू (१, २, ३, ५, ६, ७, ८, ९) मा पर्ने अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख कित्ता सेयर विक्री गरिनेछ।
यस्तै जारी पूँजीको अर्को १० प्रतिशत अर्थात १० लाख कित्तामध्ये १० प्रतिशत (१ लाख कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका दुवै लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाले कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकका बेशीशहर शाखा, क्व्होलासोथार गाउँपालिका–४ कार्यालय तथा कम्पनीको काठमाडौं कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डले स्वीकृत गरेका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया