नेपालले एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर-४ मा स्थान बनाएको छ। समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेको कारण नेपालले आफ्नो समूहको अन्तिम खेलअघि नै सुपर-४ मा प्रवेश गरेको हो। यसअघि, भारतले पनि पाकिस्तानलाई हराएको थियो।
नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा तीन टोली मात्र छन्।
नेपालको जितमा कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण रह्यो। उनले ४७ रनको नटआउट पारी खेल्दै ४७ बलमा ३ चौका प्रहार गरिन्। पूजासँगै सीमाना केसीले ५८ रनको साझेदारी गर्दै १२ रनको योगदान दिइन्।
नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १०४ रन जोडेको थियो। पाकिस्तानका लागि ओपनर कोमल खानले ३८ रन र मोहम अनीसले नटआउट २९ रनको योगदान दिए।
नेपालको बलिङमा कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए।
नेपालले आइसिसी यू-१९ विश्वकपको तयारीका रूपमा एसिया कप खेलेको हो।





















प्रतिकृया