सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त

सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बस्याल सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध हुँदै आएका छन्। यस अवधिमा उनले प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतसम्मका विभिन्न नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

उनको साढे तीन दशक लामो बैंकिङ करियरमा सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा पनि विभिन्न जिम्मेवार पदमा रहेर कार्य गरेको अनुभव छ। विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनका क्षेत्रमा बस्यालको महत्वपूर्ण योगदान रहेको बैंकले जनाएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स