चुनाव भएसंगै बंगलादेशको सेयर बजारमा उछाल, नेपालमा के होला ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
चुनाव भएसंगै बंगलादेशको सेयर बजारमा उछाल, नेपालमा के होला ?

चुनाव भएसंगै बंगलादेशको सेयर बजारमा उत्साह देखिएको छ। चुनाव अघिका दुई दिनहरुमा ढाका स्टक एक्सचेन्ज क्रमश: ८२ र ८७ अंकले बढेको हो। लामो राजनीतिक अनिश्चितता पछि मुलुकले राजनीतक निकास पाएसंगै लगानीकर्ता उत्साहित देखिएको बंगलादेशी संचार माध्यमहरुले जनाएका छन्। सेयर बजारको बढोत्तरीको क्रम अझै तिव्र हुनसक्ने देखिएको छ।

अहिले ढाका स्टक एक्सचेन्ज DSE इन्डेक्स ५३९९.९४ को बिन्दुमा रहेको छ। सन् २०२१ मा कोभिड १९ पछि विश्वभरीकै सेयर बजारहरुमा उछाल आउँदा DSE पनि ७४०० आसपास सम्म पुगेको थियो। त्यसपछि बजार घट्दो क्रममा गयो। तत्कालिन प्रधान मन्त्री सेख हसिनालाई देश छोडेर भाग्न वाध्य बनाएको विद्रोह पछि बंगलादेशी सेयर बजारमा तिव्र गिरावट देखिएको थियो। सन् २०२४ अगस्टमा हसिना भारतको शरणमा पुगेकी थिईन। सो समयमा ढाका स्टक एक्सचेन्ज ६००० को आसपासमा थियो। युनुस नेतृत्वको अन्तरिम सरकार बन्यो। सो सरकारले चुनाव गराउन सक्ने हो कि होईन भन्ने त्रासका कारण सेयर बजारमा निरन्तर गिरावट देखियो। DSE घटेर ४६०० को बिन्दुसम्म पनि आएको थियो। निर्वाचन सम्पन्न भएसंगै पुन: सेयर बजारमा उत्साह देखिएको छ।

बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको हो। बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।

नेपालमा के होला ?

बंगलादेशमा जस्तै भदौमा भएको जेन जी विद्रोहपछि नेपालको सेयर बजारमा व्यापक गिरावट आयो। फाल्गुन २१ मा निर्वाचन गराउने अभिभारा पाएको शुशिला कार्की नेतृत्वको सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गराउने सम्भावना निकै प्रबल रहेको विश्लेषण सहित नेपाली लगानीकर्ताहरुले पनि लगानी बढाईरहेको देखिन्छ। चुनावको मिति नजिकिंदै जाँदा निर्धारित मितिमै चुनाव हुने माहोल झनै सशक्त बन्दै गएको छ।

निर्वाचनपछि मुलुकले एक स्पष्ट दिशा निर्देश प्राप्त गर्ने हुँदा चुनाव संगै नेपालको सेयर बजारमा पनि उछाल आउनसक्ने आँकलन जानकारहरुले गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स