बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दैछ। यस चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। आयोजनाबाट प्रभावितहरूका लागि ५ लाख ६६ हजार र वैदेशिक रोजगारीमा रहेकाका लागि ५ लाख २९ हजार ४०० कित्ता छुट्याइएको छ। आवेदन कम्तीमा १० र बढीमा २० हजार कित्ता गर्न पाइनेछ। वैदेशिक रोजगारीमा रहेकाले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् (पर्याप्त आवेदन नआएमा भदौ २० सम्म लम्बिन सक्छ) भने आयोजना प्रभावितले साउन २० सम्म (अवधिमा आवेदन नपरेमा भदौ ४ सम्म) दिन सक्नेछन्।
आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो। आयोजनाबाट प्रभावित क्षेत्रका वडामा, कम्पनीको वेबसाइट, कार्यालय र मर्चेण्ट बैंकमा फारम पाइनेछ। वैदेशिक रोजगारीमा रहेकाले मेरो सेयर एप वा सी–आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सक्नेछन्।
पहिलो चरणपछि सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्काशन गरिनेछ। कम्पनीलाई ‘केयर एनपी डबल बी’ रेटिङ दिइएको छ, जसले औषत जोखिम रहेको जनाउँछ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया