एमालेले ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता पत्र संसद सचिवालयमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २१ गते
एमालेले ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता पत्र संसद सचिवालयमा

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उनले बताएका छन् ।

प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरुले बुधबार नै राजीनामा दिएर सरकार छोडिसकेका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स