SHAREHUBSHAREHUB

आयु इन्टरटेनमेन्टले आईपीओ जारी गर्ने

AdvertisementAds
आयु इन्टरटेनमेन्टले आईपीओ जारी गर्ने
AdvertisementAds

आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने योजना बनाएको छ। कम्पनीले आईपीओ निष्काशनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आफ्नो पहिलो वार्षिक साधारण सभा डाकेको हो, जुन कम्पनी प्रालिबाट लिमिटेडमा रुपान्तरण भएपछि आयोजना हुन लागेको पहिलो सभा हो।

सञ्चालक समितिले पुस २० गते बसेको बैठकमा सभा माघ १३ गते बिहान ११ बजे, काठमाण्डौको पिंगलास्थानस्थित होटल बद्रिनाथमा आयोजना गर्ने निर्णय गरेको छ। सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिको पुनर्गठन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सोही अनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिने छन्।

साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन र उक्त अवधिका सम्पूर्ण वित्तीय विवरणहरू पनि पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स