आइसिसी यु–१९ विश्वकपमा अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य



Advertisement
Ads

आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ।


Advertisement

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल बनायो।


Advertisement

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए। त्यस्तै, एलेनोर लारेसाले ३१ रन, हसरत गिलले अविजित ३० रन, र क्लो एन्वर्थले अविजित १६ रनको योगदान गरे।

नेपालका बलरहरूमध्ये कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। यस्तै, सीमाना केसीले २ विकेट र रिया शर्माले १ विकेट हात पारे।

नेपालले यो लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर