आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल बनायो।
अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए। त्यस्तै, एलेनोर लारेसाले ३१ रन, हसरत गिलले अविजित ३० रन, र क्लो एन्वर्थले अविजित १६ रनको योगदान गरे।
नेपालका बलरहरूमध्ये कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। यस्तै, सीमाना केसीले २ विकेट र रिया शर्माले १ विकेट हात पारे।
नेपालले यो लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।




















प्रतिकृया