सरकारलाई असिम शाहकाे प्रश्न, “लोडसेडिङ गरेकोमा ऊर्जामन्त्रीलाई धन्यवाद दिने कि एमडीलाई?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
सरकारलाई असिम शाहकाे प्रश्न, “लोडसेडिङ गरेकोमा ऊर्जामन्त्रीलाई धन्यवाद दिने कि एमडीलाई?”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले देशमा पछिल्लो समय बढ्दो विद्युत अवरोधको विषयलाई संसदमा गम्भीरताका साथ उठाएका छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले जानकारी नदिई लोडसेडिङ गरिरहेको भन्दै कडा आलोचना गरे।

“धन्यवाद दिनु पर्ने हो भने ऊर्जामन्त्रीलाई दिने कि विद्युत प्राधिकरणका नयाँ एमडीलाई दिने?” भन्दै उनले सरकारसँग जवाफ मागे।

उनले अझै अघि भने, “आज संसदमा गम्भीर बहस भइरहेका बेला पनि झ्याप्प बत्ती जान्छ। संसदमा त इनभर्टर, जेनेरेटर छन्, केही रोकिन्न। तर सर्वसाधारणको घरमा त्यस्तो सुविधा कहाँ छ र? बत्ती जानासाथ खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प हुन्छ, अनि देशभर अन्धकार छाउँछ।”

सांसद शाहका अनुसार, हिजो साँझ मात्रै देशका थुप्रै ठाउँमा एकाएक बत्ती गयो। “कतै हस्पिटलको अपरेसन रोकियो होला, कतै विद्यार्थीको परीक्षा तयारी बिग्रियो होला। अहिले झ्याप्प झ्याप्प बत्ती जानु त हाम्रो दैनिकी नै बनेको छ। धेरै हावा चल्यो, जान्छ। पानी पर्‍यो, जान्छ। अहिले त न हावा न पानी, तर पनि झ्याप्प जान्छ।”

उनले सरकारलाई चेतावनी दिँदै भने, “जनताले सरकारको अनुहार अन्धकारमै झलझली सम्झिरहेका छन्। यस्तो स्थिति रहिरहे जनताले अब सरकारकै बत्ती निभाइदिने दिन टाढा छैन। २०८४ मा बिजुली बाल्दा पनि जनताले सरकार देख्न नसक्लान्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स