एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार ३० गते (सोमबार) बारास्थित होटल इच्छा सिमरामामा दिउँसो १ बजे १७औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको ५.१० प्रतिशत बोनस सेयर (१७ करोड ३३ लाख रुपैयाँ) र ०.२६८४ प्रतिशत नगद लाभांश (९१ लाख २५ हजार रुपैयाँ) वितरण प्रस्ताव पारित गरिनेछ।
साथै, वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिमा समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। बोनसपछि पूँजी बढ्ने भएकाले नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि राखिनेछ। साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी र लाभांशका हकदार हुनेछन्।


प्रतिकृया