युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १००:१० अर्थात् १० प्रतिशत अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
यस हकप्रदमा लगानीकर्ताले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्।
यसअघि नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया