‘ग्लोबल आइएमई समुन्नत योजना २’मा आजदेखि आवेदन खुला, कहिलेसम्म भर्न पाईन्छ ?



ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (असार २२) गतेदेखि ग्लोबल आइएमई समुन्नत योजना २ अन्तर्गतको १२ करोड इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। प्रति इकाई १० रुपैयाँ दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको यो योजना १० वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १.५ प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५ प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पूँजीका रूपमा छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन असार २५ गतेसम्म दिन सकिनेछ, तर पूर्ण इकाई बिक्री नभए साउन ४ गतेसम्म आवेदन अवधि लम्बिन सक्छ। योजना बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नै हो, र आवेदन सि–आस्बा सेवा उपलब्ध बैंक/वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत अनलाइनबाट पनि दिन सकिनेछ।


Advertisement

यो म्युचुअल फण्ड योजनाका लागि इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ A- प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले IRN AMC Quality 3+ रेटिङ दिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर