बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार ३१) गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले हालको १ कित्ता बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा कुल ५३ लाख ५८ हजार १५० कित्ता, अंकित मूल्य प्रति सेयर १०० रुपैयाँका दरले, ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ।
जेठ २२ गते बुकक्लोज भएको र त्यसअघिसम्मका सेयरधनीले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम जनाउँछ।
सेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आरबिबि, राष्ट्र बैंकका विभिन्न शाखा, सि-आस्बा सेवामा सहभागी संस्था वा ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।
हालको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रहेकोमा हकप्रदपछि १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ। उठेको रकममध्ये १.५८ करोड हेवाखोला आयोजना पुनर्निर्माणमा र ५२ करोड जलशक्ति हाइड्रोमा लगानी तथा अधिग्रहणमा खर्च गरिनेछ।




















प्रतिकृया