राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रदमा आवेदन दिने म्याद थप



राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ। पहिले असार २२ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हालको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार, कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरले निष्काशन गरेको छ।

यो हकप्रद सेयरमा जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्, किनभने कम्पनीले बुक क्लोज मिति जेठ ६ गते तय गरेको थियो। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू वा सीडीएससीको ‘मेरो शेयर’ प्रणाली मार्फत दिन सकिनेछ।


Advertisement

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर