ग्लोबल आइएमई क्यापिटलले सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा आवेदन दिने म्याद साउन ४ गतेसम्म लम्बिएको छ। प्रारम्भमा असार २५ गतेसम्मको म्याद तोकिएको थियो। यो बन्दमुखी म्युचुअल फन्ड योजना १.२० अर्ब रुपैयाँ कोष आकारबाट सुरु भई अधिकतम १.५० अर्बसम्म विस्तार गर्न सकिनेछ। प्रतिइकाइ मूल्य १० रुपैयाँ तोकिएको यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम १.२० करोड इकाइसम्म आवेदन दिन सकिन्छ।
योजना १० वर्ष अवधिको हुनेछ र नेपाल स्टक एक्सचेन्जमा सूचीबद्ध गरिनेछ। क्यापिटलले वार्षिक औसत प्रतिफल २२.४९% हुने प्रक्षेपण गरेको छ भने आन्तरिक प्रतिफल दर १६.८८% रहने बताएको छ। इक्विटीमा ७०–९०%, ऋणपत्र र फिक्स्ड डिपोजिटमा ०–१०% र नगद तथा अन्य म्युचुअल फन्डमा ०–१०% लगानी गरिनेछ।
ग्लोबल आइएमई क्यापिटलले योजना व्यवस्थापन गर्दैछ, जुन नेपालकै पहिलो मर्चेन्ट बैंकर हो। आवेदन सी-आस्वा प्रणाली वा मेरो शेयरमार्फत दिन सकिन्छ। योजना व्यवस्थापक तथा प्रवर्द्धकले क्रेडिट रेटिङ ए माइनस र एएमसी क्वालिटी ३ प्लस प्राप्त गरेका छन्।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया